Logo
५ आश्विन २०८१, शनिबार
(June 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रष्ट पार्न माधव नेपालको माग, संसदीय समितिले बोलायो

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको समितिको बैठकमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे स्पष्ट जानकारी दिनुपर्ने बताएका थिए । देउवा प्रधानमन्त्रीको हैसियतमा अमेरिका भ्रमण हुन लागेकाले यसबारे सदन र सांसदलाई जानकारी दिनुपर्ने नेता नेपालको भनाइ थियो ।

नेपालसहितका सांसदहरुले प्रधानमन्त्रीको अमेरिकाबारे चासो राखेपछि समितिले यसबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो ।

देशको असंलग्न परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाउने समितिले निर्णय गरेको हो ।

प्रकाशित मिति: Jun 13, 2022

प्रतिक्रिया दिनुहोस्