Logo
५ आश्विन २०८१, शनिबार
(June 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेभेरोदोनेस्क प्लान्टमा सयौँ सर्वसाधारण फसेः युक्रेन

किभ–युक्रेनले घेराबन्दीमा रहेको सेभेरोदोनेत्स्कको एजोट प्लान्टमुनि सयौँ मानिस लुकेको जनाएको छ । सो सहरलाई रुसी सेनाले केही सातादेखि तीब्र हमला गरिरहेका छन् ।

रुसी गोलाबारीले रासायनिक प्लान्टमा आगो लागेको छ । सेभेरोदोनेत्स्क पूर्वी युक्रेनमा अघि बढ्ने रुसी सेनाको मुख्य केन्द्र बनेको छ ।

यसैबीच, रुसी सेनाले स्लोभियान्स्क सहरमा नयाँ आक्रमणको तयारी गरिरहेको युक्रेनको सेनाले जनाएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनका विभिन्न स्थानमा हमला गरिरहेको छ ।

राजधानी किभलगायतका प्रमुख सहर कब्जा गर्ने रूसी प्रयास असफल भएको छ । उसले लुहान्स्क र दोनेत्स्क क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले ‘धेरै महत्वपूर्ण’ हताहत भएको बताएका छन् ।

प्रकाशित मिति: Jun 12, 2022

प्रतिक्रिया दिनुहोस्