Logo
५ आश्विन २०८१, शनिबार
(June 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका–३ कारेभोगटे पुलमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

ना ५४ प ८९५४ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सुर्य कुमार मिस्त्रीको उपचारका क्रममा बर्दिबास स्थित जनसेवा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 10, 2022

प्रतिक्रिया दिनुहोस्