Logo
५ आश्विन २०८१, शनिबार
(June 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालेनप्रति एमाले सांसद खतिवडाको व्यङ्ग्य– लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ

प्रतिनिधि सभामा नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतमाथि प्रहरी दमन भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै उनले नुवाकाटेका जनतामाथि अन्याय भएको जनाए ।

‘यही जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुनिवेशीको बीचमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ,’ संसदमा उनले भने, ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हालै सम्पन्न स्थानीय तह चुनावमा लौरो चिन्हमा चुनाव लडेका थिए । शाह काठमाडौं महानगरको प्रमुख भएपछि फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि लौरो बजारिएको उनले बताएका हुन् ।

‘फोहोर व्यस्थापनको नाममा १७ वर्ष अगाडिदेखि नुवकोटमा जुन वेथिती भएको छ त्यसको व्यस्थापन गरेर, स्थानीय जनताको जायज माग सुनेर त्यो पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था होस्,’ सांसद खतिवडाले भने ।

प्रकाशित मिति: Jun 9, 2022

प्रतिक्रिया दिनुहोस्