Logo
५ आश्विन २०८१, शनिबार
(June 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दहचोकमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत छन् । उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Jun 8, 2022

प्रतिक्रिया दिनुहोस्