Logo
१० मंसिर २०८१, सोमबार
(June 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निलम्बित भाजपा नेतृ नुपुर शर्माको सुरक्षा बढाइयो

नयाँ दिल्ली–पैगम्बर मुहम्मदमाथि गरेको टिप्पणीलाई लिएर विवादमा तानिएकी निलम्बित भाजपा नेतृ नुपुर शर्माको सुरक्षा बढाइएको छ । दिल्ली प्रहरीमा आफूलाई ज्यान मार्ने धम्कीको उजुरी गरेपछि उनलाई थप सुरक्षा दिइएको हो । आफूलाई धम्की आएको गुनासोपछि शर्मा र उनको परिवारलाई सुरक्षा प्रदान गरिएको प्रहरीले जनाएको छ ।

शर्माले १० दिनअघि एक टिभी बहसका क्रममा पैगम्बरबारे गरेको विवादास्पद टिप्पणीपछि उनी विवादमा तानिएकी थिइन् । चौतर्फी आलोचनापछि उनलाई पार्टी प्रवक्ताबाट निलम्बन गरेको थियो ।

प्रकाशित मिति: Jun 7, 2022

प्रतिक्रिया दिनुहोस्