Logo
५ आश्विन २०८१, शनिबार
(June 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको गृहमन्त्रीको प्रष्टीकरण

गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको गोली लाग्दा भएको नवीना थारुको मृत्यु घटनाबारे गठित समितिले निष्पक्ष ढंगले छानबिन गर्ने दाबी गरेका छन् ।

उनले स्थानीय समुदाय, जनप्रतिनिधि र सर्वदलीय संयन्त्रले पनि घटनाको छानबिन गर्न माग गरेको र सोहीअनुसार समिति गठन गरिएको हो ।

उनले घटनालाई दुःखद् र जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको पनि स्पष्ट पारे ।

घटनाले संवेदनशील ठानिएर नै सरकार उत्तरदायी भएर समिति गठन गरिएको भन्दै उनले समितिले बुझाउने प्रतिवेदनको आधारमा संलग्नलाई कारबाही हुने आवश्यक बताए ।

सरकारले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको छ ।

थारुको हिजो प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो ।

प्रकाशित मिति: Jun 7, 2022

प्रतिक्रिया दिनुहोस्