Logo
५ आश्विन २०८१, शनिबार
(June 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलदेशमा कन्टेर डिपोमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

बंगलादेशमा कन्टेनर डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर टाढा सीताकुण्डस्थित एउटा कन्टेनर डिपोमा लागेको आगो तीन दिनपछि अग्निनियन्त्रकहरूले नियन्त्रणमा लिएका हुन् ।

डिपोमा भएको आगालागी विस्फोटमा ९ अग्निनियन्त्रकसहित ४१ जनाको मृत्यु भएको छ । डिपोले सुरक्षा मापदण्ड नअप्नाएको अधिकारीहरूले जनाएका छन् ।
शनिबार लागेको सो आगो निभेको स्थानमा धुँवा र जलेका कन्टेनर ड्रोन फुटेजमा देख्न सकिन्छ ।

अधिकारीहरूले आगलागीको कारण पत्ता लगाएका छैनन । तर, डिपोभित्र विस्फोटक पदार्थको आशंका गरेका छन् । गृहमन्त्री असदुज्जमान खानले घटनाको अनुसन्धान थालिएको र दोषीलाई कारबाही गरिने बताएका छन् ।

प्रकाशित मिति: Jun 7, 2022

प्रतिक्रिया दिनुहोस्