मन्त्री बनाउँदै उहाँहरूलाई ६ महिनाका लागि भनेका थियौं, यो नियमित प्रक्रिया हो : माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् ।
नेकपा एसको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको थियो ।
निर्णयबारे पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भन्ने तय गरिएको बताए ।
‘उहाँहरूलाई मन्त्री बनाउँदै ६ महिनाका लागि भनेका थियौं । यो नियमित प्रक्रिया हो’, नेपालले भने ।