Logo
४ आश्विन २०८१, शुक्रबार
(June 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कामना सम्मिलित पुलिसको चौथो जित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी ओपन स्पाइकर कामना विष्टसम्मिलित माल्दिभ्स पुलिसले भलिबल एसोसिएसन कप २०२२ मा आफ्नो अपराजित यात्रा चौथो खेलमा पुर्‍याएको छ ।

शनिबार राति भएको खेल माल्दिभ्स पुलिसले योङ न्यु जेनेरेसन क्लबलाई ३–१ को सेटमा पराजित गर्‍याे । पहिलो सेट पुलिसले २५–१८ ले जित्दा दोस्रो सेट १८–२५ ले गुमायो । तेस्रो सेट २५–१४ ले जित्दा चौथो सेट २५–६ ले आफ्नो पक्षमा पार्‍याे।

यसअघि माल्दिभ्स पुलिसले पहिलो खेल क्लब इगल्स, दोस्रो खेलमा धिवेही सिफान्जी क्लब र तेस्रो खेलमा क्लब हाल्फलाईन लिंकेजलाई पराजित गरेको थियो ।

हाल माल्दिभ्समा जारी प्रतियोगितामा नेपालका अर्की स्पाइकर उषा भण्डारीसमेत खेलिरहेकी छिन् । उषा सिफान्जी क्लबमा अनुबन्धित छिन् । दुबै खेलाडी पहिलो पटक विदेशी लिग खेल्दैछन् ।

शनिबार नै भएको खेलमा उषाको टिम सिफान्जी क्लब इगल्ससँग ३-२ को सेटमा पराजित भयो ।

प्रकाशित मिति: Jun 5, 2022

प्रतिक्रिया दिनुहोस्