Logo
४ आश्विन २०८१, शुक्रबार
(June 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वातावरण दिवस : भक्तपुरमा पोखरीको सरसफाइ

विश्व वतावरण दिवसको अवसरमा आइतबार भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर-१ दुधपाटीस्थित भाज्या पुखुमा सरसफाइ गरिएकाे छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएको बताउँदै यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलयन कायम गर्नु साझा कर्तव्य भएको बताए ।

काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगाधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाइ गरी मनाउने सिथि नखः चाड वैज्ञानिक पर्वको रुपमा रहेको बताउँदै उनले नयाँ पुस्तालाई यहाँको सम्पदाप्रतिको माया र अपनत्व कायम राख्न यस किसिमको सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

 

प्रकाशित मिति: Jun 5, 2022

प्रतिक्रिया दिनुहोस्