Logo
४ आश्विन २०८१, शुक्रबार
(May 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाजुराको बडिमालिका दर्शन गर्न राष्ट्रपति भण्डारी सुर्खेतमा

बाजुराको बडिमालिका मन्दिरमा दर्शन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन् । राष्ट्रपति भण्डारीको बुधबार बाजुराको बडिमालिकामा दर्शन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले बताए ।

भण्डारीले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने कार्यक्रम छ । उनका अनुसार भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्नेछिन् ।

प्रकाशित मिति: May 31, 2022

प्रतिक्रिया दिनुहोस्