Logo
४ आश्विन २०८१, शुक्रबार
(May 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागुऔषधसहित महोत्तरीबाट एक युवक पक्राउ

मधेश प्रदेश स्थित महोत्तरीमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सिन्धुली कमलामाई २ का २१ वर्षीय देवेन्द्र कार्कीलाई १४ पत्तामा रहेको २ सय १० पीस लागू औषध नाईट्राभेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्सीवाट गौशलातर्फ जाँदै गरेको प्र २ ह ०७५१ नंको अटोलाई गौशाला समसी सडकस्थित कठधारनजिक चेक जाँच गर्दा कार्कीले बोकेको साइड झोलाबाट उक्त लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । कार्कीमाथि अनुसन्धान गर्न महोत्तरी जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।

प्रकाशित मिति: May 31, 2022

प्रतिक्रिया दिनुहोस्