Logo
४ आश्विन २०८१, शुक्रबार
(May 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाले राजधानी प्योङयाङमा आवागमन प्रतिबन्ध हटायो

उत्तर कोरियाले कोभिड-१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ । भाइरस नियन्त्रणमा आएको भन्दै उत्तरले प्रतिबन्ध हटाएको हो ।

उत्तरले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको जापानको क्वेडो समाचार संस्थाले जनाएको छ । तर, अन्तर–कोरियाली मामिला सम्हाल्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले त्यसको स्वतन्त्र पुष्टि नभएको जनाएको छ ।

उत्तर कोरियाका सञ्चार माध्यमहरुले प्रतिबन्ध हटाइएको विषयमा केही उल्लेख नगरेकाले प्रतिबन्ध हटाइएका विषयमा पुष्टि गर्न नसकिने दक्षिण कोरियाले जनाएको छ ।

उत्तरको प्रतिबन्धबीच खोप, चिकित्सा आपूर्ति र खाद्यान्न अभावबारे चासो बढेको थियो । यसैबीच, चीनको सांघाइमा लगाउँदै आएको लकडाउन बुधबारदेखि हटाइने तयारी भएको छ ।

 

प्रकाशित मिति: May 30, 2022

प्रतिक्रिया दिनुहोस्