Logo
४ आश्विन २०८१, शुक्रबार
(May 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणतन्त्र दिवसका अवसरमा खाेटाङका ६ कैदीबन्दीको सजाय मिनाहा

गणतन्त्र दिवसको अवसरमा खोटाङका ६ कैदीबन्दीको सजाय मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दाका चार जना र ज्यान मार्ने उद्योगका दुई जनाको सजाय मिनाहा भएको हो ।

जेल जीवन बिताइरहेका तर असल चालचालन भएका कैदीबन्दीलाई १५औं गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा दिइएको जिल्ला कारागार शाखाका निमित्त जेलर सोमप्रसाद आचार्यले बताए ।

कर्तव्य ज्यान मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरिसकेका केपिलासगढी गाउँपालिका–७ सुङदेलका सानकुमार राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका कैलासबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पुर्णकुमार तामाङ र रावाबेंसी गाउँपालिका–६ हौंचुरका रामचन्द्र राईको सजाय मिनाहा गएिको हो ।

यस्तै, ज्यान मार्ने उद्योगमा ४० प्रतिशत कैद भुक्तान गरेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका मनोज राई र ज्यान मार्ने उद्योगमै ५० प्रतिशत कैद भुक्तान गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका टिक्लु भनिने मिलन राईको सजाय मिनाहा भएको निमित्त जेलर आचार्यले बताए ।

प्रकाशित मिति: May 29, 2022

प्रतिक्रिया दिनुहोस्