Logo
३ आश्विन २०८१, बिहीबार
(May 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीकाे मुगुमा १५ जेठदेखि यार्सा संकलन खुला

कर्णाली प्रदेश स्थित मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला गरेकाे छ । यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधरणले यार्सा संकलन गर्न सक्नेछन् ।

वन प्रवेशका लागि गाँउपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।

उनका अनुसार जिल्ला भित्रका सर्वसाधारणबाट प्रति व्यक्ति दुई हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट २५ सयका दरले गाउँपालिकाले कर उठाइने भएको छ ।

कार्मारोङ्ग गाँउपालिका-२ मुगु गाउँको रिमाण, ठुलोकोईकी, सानो काेईकी, छापाखोला, र्चाकु लगायत वनमा यार्सा पाइन्छ ।

यार्साबाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछि गाउँपालिको बोर्ड मिटिङ्गमा छलफल गरी कहाँ कसरी खर्च गर्ने भन्ने बिषयमा छलफल गरिनेछ ।

यार्सा संकलनको समयमा वन प्रवेशपछि वातावरणमा खलल् पुग्ने कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ । १५ जेठबाट यार्सा संकलनको समय अवधिभर वातावरणलाई खलल् पुग्ने कार्य नगर्न आग्रह गरेको छ ।

यार्सा संकलनका क्रममा जथाभावी सिसा, प्लाष्टिक नफाल्न र रुख बिरुवा नकाट्न, चाेरी निकासी नगर्न आग्रह गरेकाे गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: May 23, 2022

प्रतिक्रिया दिनुहोस्