प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्रीवीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री जियाबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवालाई भेट्न जियासहितको टोलि आज विहान बालुवाटार पुगेको थियो । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी रहेका थिए ।
भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ ।