Logo
३१ भाद्र २०८१, सोमबार
(May 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान सम्ममा ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले २८, नेपाली कांग्रेस २५, नेकपा (माओवादी केन्द्र)ले २१ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् ।

उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३६, एमाले २१, माओवादी १३, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।

मतगणना जारी स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले सबभन्दा बढी २६८, एमाले १६७, माओवादी केन्द्र ९५ र एकीकृत समाजवादीले १७ स्थानमा अग्रता लिएका छन् । यस्तै जसपा २८, लोकतान्त्रिक समाजवादी पार्टीले ११ स्थानमा अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति: May 16, 2022

प्रतिक्रिया दिनुहोस्