Logo
३१ भाद्र २०८१, सोमबार
(April 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतान्त्रिक समाजवादी पार्टीको चुनावी घोषणा पत्र जारी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज चुनावी घोषणा पत्र जारी गर्दै नेपाली कांग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलमाथि टिप्पणी गरेको छ।

घोषणा पत्रमा कांग्रेसप्रति आलोचना गर्दै लोसपाले देशको समृद्धि, विकास र अग्रगामी परिवर्तनका मुद्दामा कांग्रेस उदासिन र असफल रहेको उल्लेख छ।

कांग्रेसमा समयमै निर्णय गर्न नसक्ने र पछि पछुताउने कमजोरी रहेको लोसपाको भनाइ छ।

कांग्रेसले लोकतान्त्रिक समाजवादीको विचार औपचारिक रूपमा ग्रहण गरे पनि सफल कार्यान्वयनमा भने चुकेको लोसपाको आरोप छ।

तर लोसपाले संसदभित्र र बाहिर पनि संवाद तथा सहकार्यमा कांग्रेस सहज, विचारवान र व्यवहारिक रहेको भन्दै प्रशंसा पनि गरेको छ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीहरू राष्ट्रिय विकासमा तगारो हाल्ने संगठन भएको दाबी पनि लोसपाको छ। कम्युनिष्ट पार्टीहरूले जनतालाई मतका लागि प्रयोग गर्ने गरेको आरोप पनि लोसपाको छ।

‘नेपालका कम्युनिष्ट पार्टीहरू मुखले विकास भने पनि विकासलाई सधैं अलपत्र पर्दै आएका दुई जिब्रे संगठनहरू हुन्,’ लोसपाले आरोप लगाएको छ। एमसिसीलाई कम्युनिष्टहरूले विथोल्न खोजेको पनि लोसपाको दाबी छ।

कम्युनिष्टहरू सरकार र सत्तामा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने राजनीतिक उद्यमी भएको आरोप लोसपाको छ।

जसपाले मधेशी, थारू, जनजाति र अन्य अल्पसंख्यकको मुद्दा त्याग गरेको र समग्रमा मधेश-थरूहट आन्दोलनलाई अवमूल्यन गरेको लोसपाले दाबी गरेको छ।

जसपाले अहिले कुनै विचार, वर्ग वा कुनै मुद्दाको प्रतिनिधित्व नगर्ने पनि लोसपाको दाबी छ।

प्रकाशित मिति: Apr 29, 2022

प्रतिक्रिया दिनुहोस्