Logo
६ माघ २०८१, आईतबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तालमेल हुन नसकेपछि गोरखामा गठबन्धनबाट कांग्रेस बाहिरियो

गोरखा जिल्लामा गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली कांग्रेस बाहिरिएको छ। गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि कांग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो ।

कांंग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले कांग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि एकल रुपमा प्रतिस्पर्धा गर्ने बताए ।

‘हामी गठबन्धन जिवित राख्न चाहन्थ्यौ । केही नेताको स्वार्थगत कारणले सहमती हुन सकेन अब आफ्नै तागतमा चुनाव लड्छौ।’ न्यौपानेले भने, ‘काँग्रेस गोरखाका ११ पालिका ९४ वडामा एकल उम्मेदवारी दिने छौ।’

त्यस्तै माओवादी केन्द्रले पनि गठबन्धनमा रहेका बाँकी दलसँग चुनावी तालमेल गर्ने जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए।

यस अघि निर्वाचनमा कांग्रेसले ९ र माओवादीले २ स्थानीय तह जितेका थिए। गोरखामा २ नगरपालिका सहित ११ स्थानीय तह छन्।

 

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्