कांग्रेस जनकपुर सभापतिसहित १५० जनाभन्दा बढीले दिए सामुहिक राजीनामा
नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहसहित १५० जनाभन्दा नेताहरुले सामुहिक राजीनामा दिएका छन् ।
जनकपुरको मेयरमा जनता समाजवादी पार्टीलाई समर्थन गर्ने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सभापति शाहसहितको टोलीले राजीनामा दिएका हुन् ।
जनकपुरमा पार्टी मजबुत हुँदाहुँदै नेतृत्वले जसपालाई समर्थन गर्ने आत्मघाती निर्णय गरेकाले आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको शाहले बताए ।