भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा
चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् ।
सत्ता गठबन्धनकातर्फबाट ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छिन् ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रो पटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् ।