Logo
६ माघ २०८१, आईतबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसचिव विष्णुप्रसाद भुसालले मेयरमा उम्मेदवारी दिन पदबाट दिए राजीनामा

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मेयरको उम्मेदवारी दिन नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले दबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसबाट पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा मेयर पदमा उम्मेदवार बन्न भुसालले उपसचिव पदबाट राजीनामा दिएका हुन् ।

सङ्घीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रवार आफूले उपसचिवबाट राजीनामा दिएर चुनावी तयारीमा होमिएको जानकारी दिए । २२ वर्ष निजामती सेवामा बिताएका भुसाल ९ वर्षदेखि उपसचिव पदमा कार्यरत रहँदै आएका थिए ।

निजामतीमा आउनुअघि गाउँमा टिचिङसमेत गरेका उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमासमेत काम गरी सकेका छन् । २०७५ देखि २०७७ को बिचमा करिब डेढ वर्ष उनले त्यहाँ काम गरेका थिए ।

नेपाली कांग्रेसबाट उम्मेदवार हुन लागेका भुसाल देवचुली नगरपालिकाका स्थायी बासिन्दा हुन् । स्थानीय मतदाताको आग्रहअनुसार उपसचिवबाट राजीनामा दिएर पार्टी राजनीतिमा आएको बताएका उनले आफ्नो अध्ययनको विषय पनि विकास प्रशासन नै भएको र अनुभवसमेतका आधारमा धेरै काम गर्न सकिने बताए ।

‘स्थानीय विकास अधिकृत, कार्यकारी अधिकृत र प्रमुख प्रशासकीय अधिकृतमा गरी १२ वर्षको स्थानीय तहको अनुभव छ’ भुसालले भने, ‘जिल्ला विकास समिति, महानगरपालिका, नगरपालिका गरी ६ वटा स्थानीय निकायमा नै प्रशासनबाट काम गरेकोले अब राजनीतिमा पनि अवसर पाएको अवस्थामा नमुना पालिका बनाउन सकिन्छ कि भन्ने छ’

५५ सालअघि साबिकको देवचुली गाउँ कमिटीको काँग्रेस सभापति रहेका भुसाल लोक सेवा पास गरेर निजामतीमा प्रवेश गरेका थिए । यसअघिको निर्वाचनमा देवचुली नगरपालिकामा मेयरसहित बहुमत कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्