Logo
२९ पुस २०८१, सोमबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने विश्व बैङ्कले प्रक्षेपण गरेको छ ।

बिहीबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैङ्कले आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ । खास गरी बाह्य क्षेत्रमा परेको तीव्र दबाबको प्रभाव अर्थतन्त्रमा समेत पर्ने देखिएको हो ।

सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदरको लक्ष्य राखेको चालु आर्थिक वर्ष २०७८/७९ मा बहुराष्ट्रिय दातृ निकायहरूले भने त्यसको आधा मात्र प्राप्ति हुने प्रक्षेपण गरिरहेका छन् ।

यसमा विश्व बैंकले अघिल्लो प्रक्षेपण भन्दा पनि कम हुने गरी नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व बैंकले गत पुसमा ३।९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो ।

जसमा रुस र युक्रेनको युद्ध र उसले निम्त्याएको महँगी एक कारण हो । ६ महिनाको अवधिका तथ्याङ्कहरूको विश्लेषण गर्दै विश्व बैङ्कले कमजोर विकास खर्चको अवस्थालाई समेत चित्रण गरेको छ ।

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्