बाटोको विषयमा विवाद हुँदा जितपुर सिमराका वडाध्यक्षसहित ६ जना घाइते
मधेश प्रदेश अन्तरगत रहेको बाराको जीतपुर सिमरामा नेकपा एमालेका दुई पक्षबीच झडव हुँदा वडाध्यसहित ६ जना घाइते भएका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका(२३ मा नेकपा एमालेका दुई पक्षबीच झडप भएको हो । वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् ।
झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । त्यस्तै मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् ।
देवान पक्षका घाइतेको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । भने मुस्तकिम पक्षका घाइतेको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरीले जानकारी दिएको छ । वडा अध्यक्ष देवानको घाँटी, छाती र ढाडमा चोट लागेको छ ।
एमालेबाट टिक नपाएर माओवादीबाट चुनाव लडेका देवान निर्वाचित भएपछि पुन: एमालेमा फर्किएका थिए ।प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।