Logo
११ मंसिर २०८१, मंगलबार
(April 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि गभर्नर अधिकारी नियमित काममा फर्किदै

सर्वोच्च अल्पकालीन अन्तरिम आदेश भएसँगै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी आज देखि नियमित काममा फर्किदै छन् ।

गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिएका छन् ।

२४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैङ्क फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो ।उनी १२ दिनपछि कार्यालय जाँदै छन् ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।

प्रकाशित मिति: Apr 20, 2022

प्रतिक्रिया दिनुहोस्