पोखरा महानगरकाे मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराउन कांग्रेसकाे आह्वान
पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार बन्न चाहनेलाई पार्टी उम्मेदवारी दर्ता गराउन नेपाली कांग्रेस पोखरा महानगर समितिले आह्वान गरेको छ ।
महानगर समितिको सचिवालयले शनिबार सूचाना जारी गर्दै नाम दर्ता गराउन आह्वान गरेको हो ।कांग्रेस नगर कार्यसमितिको सचिवालय कार्यलय चिप्लेढुङगामा आज ४ बजेभित्र आकाङ्क्षी आफैँ उपस्थित भइ नाम दर्ता गर्नुपर्ने सूचनामा उल्लेख गरीएको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन सूचना उल्लेख छ ।