Logo
१० मंसिर २०८१, सोमबार
(April 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिलिपिन्समा आँधी र बाढीपहिरोका कारण २५ जनाको मृत्यु, १३ हजार विस्थापित

फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ ।फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ ।

अन्य ३ जनाको भने दाभोव क्षेत्रमा मृत्यु भएको हो । भारी वर्षासँगै आएको मेघी नामको आँधीका कारण १३ हजार मानिस विस्थापित भएका छन् ।

आँधीले घरको छाना उडाउनुका साथै जताततै रुखहरु ढलेकाले सयौं सवारीसाधनमा क्षति पुगेको छ ।बिजुली आपूर्ती बन्द हुनुका साथै यातायात सेवा समेत प्रभावित भएको छ ।

आँधी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ। भारी वर्षा र आँधी अझै केही दिन रहने भन्दै सचेत रहन अपील गरिएको छ । फिलिपिन्समा विगत ४ महिनामा आएको यो दोस्रो शक्तिशाली आँधी हो ।

गत डिसेम्बरमा आएको राइ नामक आँधीले ३ सय ७५ जनाको मृत्यु भएको थियो भने ५ लाख सर्वसाधारण समेत प्रभावित भएका थिए ।

प्रकाशित मिति: Apr 12, 2022

प्रतिक्रिया दिनुहोस्