Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेद्वारा धरान उपमहानगरको मेयरमा ११ जनाको नाम सिफारिस

नेकपा एमालेको धरान नगर कमिटीले धरान उपमहानगरपालिकाको मेयरका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवारको आकाङ्क्षा राखेका नेताहरुले दाबी नछोडेपछि सबैको नाम सिफारिस गरेको नगर कमिटीले जनाएको छ ।

यस्तै बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।एमाले नगर कमिटी अध्यक्ष हर्कजंग एभेङका अनुसार बैठकमा सहमति नजुटेपछि दाबेदार सबैको नाम सिफारिस गरेको हो । अब उम्मेदवारको अन्तिम टुङ्गो पार्टीको केन्द्रीय कमिटीले लगाउनेछ ।

 

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्