Logo
८ मंसिर २०८१, शनिबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौखिक बयानका लागि प्रेस काउन्सिलले बोलायो पत्रकार ऋषि धमलालाई

नेपाल प्रेस काउन्सिलले मौखिक बयानका लागि सोमबार पत्रकार ऋषि धमलालाई बोलाएको छ । पत्रकार धमलालाई लिखित स्पष्टीकरण सोधेको काउन्सिलले उनको जवाफ चित्तबुझ्दो नभएपछि मौखिक बयानका लागि बोलाएको हो ।

पत्रकार धमलाले नेपाल एयरलाइन्सको विमानभित्र देखाएको उद्दण्ड व्यवहारका विषयमा प्रेस काउन्सिल नेपालले २४ घटे स्पष्टीकरण सोधेको थियो ।

धमालाले स्पष्टीकरण काउन्सिललाई बुझाएका थिए ।धमलाले दिएको उक्त स्पष्टिकरणमा काउन्सिलको आइतबार बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा छलफल भएको थियो ।

जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले मौखिक बयानका लागि बोलाउने निर्णय भएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।

धमलाले छिटो समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म हुने भन्दै आफ्नो गलत क्रियाकलापको बचाउ गर्न खोजेको काउन्सिलको निष्कर्ष छ ।

अब उनको मौखिक बयानपछि काउन्सिलले थप निर्णय लिने बस्नेतले बताएका छन् ।धमलालाई भोलि मध्यान्ह १२ बजे बोलाइएको छ । काउन्सिलले प्राइम टिभीका समाचार प्रमुखलाई पनि स्पष्टीकरण सोधेको थियो । उनलाई भने मौखिक बयानका लागि बोलाइएको छैन ।

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्