Logo
२९ पुस २०८१, सोमबार
(April 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्रीले भने : ‘नेपाललाई श्रीलङ्का बनाउने कतिपयलाई रहर छ,तिनको सपना पूरा हुँदैन’

अर्थमन्त्री जनार्दन शर्माले कतिपयले नेपाल र श्रीलङ्काको आर्थिक अवस्था तुलना गर्दै जनतालाई आतङ्कित पार्ने काम गरेको आरोप लगाएका छन् ।

नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कतिपयलाई नेपाललाई श्रीलङ्का बनाउने रहर समेत रहेको जिकिर गरेका छन् ।

उनले भने ‘कतिपयलाई रहर छ, नेपाललाई श्रीलङ्का बनाउने । तिनको सपना पूरा हुँदैन । तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतङ्कित पार्ने काम एक थरीहरूले गरिरहेका छन् ।’

उनले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताए । मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उनको भनाइ छ ।

उनले श्रीलंकासँग तुलाना गर्दै जनतालाई आतंकित गर्नेहरुलाई गलत प्रचार नगर्न अपिल गरेका छन् । उनले अर्थतनत्रलाई सुधार गर्ने कुराहरु केके हुन् त्यसमचा बहस गर्न आग्रह गरे ।

शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बिचको युद्धका कारण थप समस्या आएको बताए । उनले दुई देशबिचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव परेको उल्लेख गरे ।

अत्यधिक पेट्रोलियम पदार्थको आयात, अनावश्यक विलासिताका वस्तु आयात, चाहिने भन्दा बढी गाडी आयात भएकाले अर्थतन्त्रमा समस्या आएको उनको भनाइ छ ।

अहिलेको डलर सञ्चिति साढे ६ महिनालाई पुग्ने रहेकाले यो भन्दा तल नझरोस् भनेर सतर्क हुनुपर्ने अवस्था रहेको उनले बताए ।

उनले भने ‘हाम्रा आलुहरू दूर दराजमा त्यतिकै फालिएका छन् । तिनलाई बजारमा पुर्‍याउने सोच बनाएनौँ । त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौँ । आलु बाहिरबाट ल्याउन प्रोत्साहन दियौँ । हाम्रो प्याजलाई राख्ने स्टोर बनाउन सकेनौँ । दुई महिनामा साग रोप्दा खान तयार हुन्छ तर बाहिरबाट ल्याउन थालेका छौँ । हाम्रा नीतिमा कतै कमजोरी भयो ।’

राष्ट्र बैङ्क अर्थ मन्त्रालयको सल्लाहकार रहेको बताउँदै उनले आफूले नबुझेको कुरा पनि राष्ट्र बैङ्कसँग सोध्ने गरेको बताए ।

प्रकाशित मिति: Apr 8, 2022

प्रतिक्रिया दिनुहोस्