Logo
२४ पुस २०८१, बुधबार
(April 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज जनकपुरसहित मिथिलाञ्चलमा चैती छठ पर्व मनाइँदै

मधेश प्रदेश अन्तरगत जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठपर्व मनाइँदै छ ।

आज अस्ताउदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भोली शुक्रबार विहान उदाउदो सूर्यको अर्घ दिएपछि छठ पर्वको सम्पन्न हुनेछ ।

मंगलबारदेखि शुरु भएको चैत छठ पर्वको तेश्रो अर्थात आज मुख्यदिन रहेको छ ।कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ ।

खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाईने गरिन्छ ।

पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।

अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।

जनकपुरको गंगासागर ,अंर्गजा सागर, धनुष सागर सहितका विभिन्न जलासयहरुमा छठ पर्व गर्ने तथा हेर्ने दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ ।

चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ ।

धार्मिक आस्था ,विश्वास तथा सद्भावको रुपमा मनाईने यो पर्व केही वर्ष पूर्व सम्म मारबाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर वर्षेनी यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।

प्रकाशित मिति: Apr 7, 2022

प्रतिक्रिया दिनुहोस्