Logo
१२ मंसिर २०८१, बुधबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणपूरक संख्या उपस्थित नभएपछि मधेश प्रदेश सभा बैठक स्थगित

गणपूरक संख्या उपस्थित नभएपछि आज बसेको मधेश प्रदेश सभा बैठक २ मिनेटमै स्थगित भएको छ । बुधवार बसेको प्रदेशसभा बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरे ।

यस्तै, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको बताए ।

उनले १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने विधानमा व्यवस्था भएकाले त्यसतर्फ पनि ध्यान दिन सभामुखलाई आग्रह गरे ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्