Logo
१० मंसिर २०८१, सोमबार
(March 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनी राष्ट्रपतिद्वारा मारियुपोल शहर जोगाउन पश्चिमा राष्ट्रसँग थप सहयोग माग

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारियुपोल शहर रुसी कब्जामा जानबाट रोक्न मुश्किल भएको बताएका छन् । पश्चिमा राष्ट्रहरुसँग थप हातहतियार सहयोग माग्दै उनले तत्काल शक्तिशाली सहयोग प्राप्त नभए मारियुपोललाई जोगाउन नसकिने बताएका हुन् ।

युक्रेनका लागि युद्धक विमान, ठूला ट्यांक र मिसाइल आवश्यक रहेको भन्दै जेलेन्स्कीले एन्टी-सिप हतियार पनि चाहिएको बताए । पश्चिमा देशहरुका हतियार गोदाममा धूलो लागेर बसेका छन् भन्दै उहाँले युक्रेनको रक्षाका लागि ती हतियार उपयोगी हुने बताए  ।

युक्रेन मात्रै नभएर बाल्टिक क्षेत्र नै रुसी आक्रमणको निशानामा आएको भन्दै जेलेन्स्कीले युक्रेनपछि पोल्याण्ड, स्लोभाकिया र पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा पर्ने चेतावनी पनि दिए ।

नेटोसँग रहेका ट्यांक र लडाकु विमानमध्ये युक्रेनलाई एक प्रतिशत मात्रै भए पुग्ने भन्दै उहाँले सहयोग माग्दा माग्दै ३१ दिन बितेको गुनासो पनि गरे ।

प्रकाशित मिति: Mar 27, 2022

प्रतिक्रिया दिनुहोस्