Logo
१६ कार्तिक २०८१, शुक्रबार
(March 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिबन्धित ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको घोषणा

सबै भन्दा ठूलो प्रतिबन्धित ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाले घोषणा गरेको छ ।प्रतिघण्टा ११ सय किलोमिटरका दरले ६ सय ८४ माइलसम्म मार हान्न सक्ने क्षमता राखेको यो मिसाइल एक घण्टा बढी उडान भरेपछि जापानको समुद्रमा खसेको जापानी अधिकारीहरुले जनाएका छन् ।

सन् २०१७ पछि पहिलो पटक प्रतिबन्धित इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ ।यो मिसाइल हजारौं किलोमिटर यात्रा गर्ने र सैद्धान्तिक रुपमा अमेरिकासम्म पुग्न सक्ने क्षमताको रहेको बताइएको छ ।

यसअघि उत्तर कोरियाले केही क्षेप्यास्त्र परीक्षण गरेकोथियो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको अवस्थामा उत्तर कोरियाले लगातार प्रतिबन्धित मिसाइल परिक्षण गरेको हो ।

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच लामो दुरीको ब्यालेस्टिक मिसाइल र आणविक परीक्षण नगर्ने सहमति भएकोथियो ।सो सहमति तोड्दै उत्तर कोरियाले पटक-पटक मिसाइल परीक्षण गर्दै आएको छ ।

प्रकाशित मिति: Mar 25, 2022

प्रतिक्रिया दिनुहोस्