Logo
१ माघ २०८१, मंगलबार
(March 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषिलाई आगामी आर्थिक वर्षको बजेटमा पहिलो प्राथमिकतामा राखिन्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् ।

सोमबार (आज) बिहान रुकुम सदरमुकाममा पत्रकार महासङ्घ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखिने बताएका हुन् ।

उनले भने, ‘आगामी आवको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गरी छलफल अगाडि बढाएका छौँ । आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ ।’

कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आवदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने उनले बताए ।

उनले प्रमुख सहरसँग ग्रामीण क्षेत्रको दुरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताए । उनले जनतामा आधारित विकास मोडललाई समेत बजेटमार्फत कार्यान्वयन गर्ने समेत बताए ।

उनले भने, ‘जनताले विकासको अनुभूति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्नेछन् । निर्माण कार्य गुणस्तरीय होस् भन्ने कुरामा उत्तिकै ध्यान दिइनेछ ।’

उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुन-चाँदी, खाने तेल, प्लास्टिक, डन्डी तथा डन्डीजन्य बस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य शृङ्खलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको समेत बताए ।

 

प्रकाशित मिति: Mar 21, 2022

प्रतिक्रिया दिनुहोस्