Logo
२४ पुस २०८१, बुधबार
(March 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वसन्तपुरमा यवा युवतीले मनाए उत्साहपूर्वक होली पर्व !

विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुरमा उत्साहपूर्वक होली पर्व मनाएका छन् ।यस वर्षको होलीमा बसन्तपुरमा खचाखच भरिएको छ । यहाँ होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।

उनीहरूले एक अर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी पर्व मनाएका छन् । वसन्तपुरमा मात्रै होइन सहरका विभिन्न स्थानमा यसै गरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन् ।

दुर्घटनारहित बनाउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेसँगै मर्यादितरुपमा पर्व मनाइएको छ ।

काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्नका लागि एक हजार ३०० ट्राफिक प्रहरीलाई खटाइएको र नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रबन्ध मिलाइएको महाशाखाले जनाएको छ ।

यस पवको मौका छोपी उच्छृङ्खल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने, मोटरसाइकलमा क्षमताभन्दा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ वा लोला हान्नेलाई कालीमाटी चोक, त्रिपुरेश्वर चोक, कलङ्कीलगायत सहरका मुख्य स्थानमा सवारीलाई चेक गरी प्रहरीले कारबाही गरेको छ । पहाडी जिल्लामा आज मनाइएको यस पर्व तराईमा भने भोलि मनाइनेछ । होलीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति: Mar 17, 2022

प्रतिक्रिया दिनुहोस्