Logo
८ पुस २०८१, सोमबार
(March 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्धमुद्दा दायर गरेको हो ।

१२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने बहानामा घुस लिएको देखिन आएकोले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

प्रकाशित मिति: Mar 13, 2022

प्रतिक्रिया दिनुहोस्