Logo
१० मंसिर २०८१, सोमबार
(March 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी अरबमा दिइयो एकै दिन ८१ जनालाई मृत्युदण्ड !

साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्ड दिइएकाहरुमा सात जना यमनी र एक सिरियाली नागरिक पनि छन् । उनीहरुमाथि आतंकवाद सहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ ।

मृत्युदण्ड दिइएका मध्ये केहीलाई इस्लामिक स्टेट (आइएस), अल-कायदा र हुथी विद्रोहीसँग सम्बन्ध राखेको आरोप लगाइएको छ ।

मृत्युदण्ड पाएकाहरुले निष्पक्ष न्यायिक अधिकार प्राप्त नगरेको हुन सक्ने अधिकारवादी संस्थाहरुले बताएका छन् । तर, साउदी सरकारले भने सो आरोप अस्वीकार गरेको छ ।

१३ न्यायाधीशको बेञ्चले तीन तहको न्यायिक प्रक्रियापछि फैसला गरेको एसपिएले जनाएको छ ।

प्रकाशित मिति: Mar 13, 2022

प्रतिक्रिया दिनुहोस्