Logo
१० मंसिर २०८१, सोमबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तानको तल्लो सदनमा अविश्वासको प्रस्ताव पेस भएको छ।

प्रधानमन्त्री खानविरुद्ध पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बली सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको हो ।

६९ वर्षीय खानले गठबन्धन सरकारको नेतृत्व गरेका छन्। सन् २०१८ मा सत्ता सम्हालेपछि उनले यस्तो चुनौती सामना गर्दै आएका छन्।

अविश्वासको प्रस्तावमा दुबै दलका १०० सांसदहरुले हस्ताक्षर गरेका छन् ।अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको खानमाथि आरोप लाग्दै आएको छ।

गठबन्धनमा उनलाई समर्थन दिएका केही दलहरुले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेमा खान पदमुक्त हुनेछन्।३४२ सदस्य भएको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १७२ मत आवश्यक पर्छ।

तर, विपक्षीले त्योभन्दा बढी मत खानको विरुद्धमा रहेको दाबी गरेका छन्।

 

प्रकाशित मिति: Mar 9, 2022

प्रतिक्रिया दिनुहोस्