Logo
१० मंसिर २०८१, सोमबार
(March 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देश छाडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र संघको आग्रह

राष्ट्र संघले देश छोडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन आग्रह गरेको छ । राष्ट्र सङ्घको मानवीय सहायतासम्बन्धी निकायका प्रमुख मार्टिन ग्रिफिथ्सले युक्रेनका नागरिकलाई सुरक्षित ठाउँतर्फ जान दिन अपिल गरेका हुन् ।

न्युयोर्कमा सुरक्षा परिषद्को आपत्कालीन बैठकमा उनले रुस-युक्रेन युद्धका कारण युक्रेनमा फसेका लाखौँ नागरिकको दयनीय अवस्थाबारे चर्चा गरे ।

हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उल्लेख गर्दै उनले जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा जान दिन आग्रह गरेका छन् ।

राष्ट्र सङ्घका लागि रुसी राजदूतले आक्रमण भइरहेका क्षेत्रबाट मानिसलाई अन्तै जान नदिएको युक्रेनको आरोपबारे खण्डन गरेको बीबीसीले जनाएको छ ।

युक्रेनमा युद्ध सुरु भएदेखि हिजो १२औँ दिनसम्म झण्डै १७ लाख नागरिकले देश छाडेका छन् ।

 

प्रकाशित मिति: Mar 8, 2022

प्रतिक्रिया दिनुहोस्