Logo
१२ मंसिर २०८१, बुधबार
(March 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश प्रदेश सरकारले खरिद गरेको बस विभिन्न संघ संस्थालाई दिने मन्त्रिपरिषद्को निर्णय

मधेश प्रदेश सरकारले खरिद गरेको बस विभिन्न संघ संस्थालाई दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।  मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बस खरिद गरेको डेढ वर्षभन्दा बढी समय बितिसकेपछि प्रदेश सरकार बस नचलाउने निर्णय गरेको हो ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशवासीका लागि खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई चलाउनका लागि दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

मन्त्रीपरिषद्को बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई १/१ वटा बस दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: Mar 8, 2022

प्रतिक्रिया दिनुहोस्