Logo
१२ मंसिर २०८१, बुधबार
(March 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री राउतको प्रश्न : काठमाडौंमा बसेर विकास भएन, भ्रष्टाचार भयो भन्ने ?

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले काठमाडौंमा बसेर विकास भएन भन्दै भ्रष्टाचार भयो भनि मधेशी जनप्रतिनिधिलाई बदनाम गर्ने काम भएको बताएका छन् । साथै मुख्य मन्त्री राउतले विगत २० वर्षमा नभएका विकास साढे चार वर्षमा गरेको दाबी गरेका छन् ।

मुख्यमन्त्री राउतले एक अन्तर्वातामा बोल्दै मुख्यमन्त्री राउतले मधेसी जनप्रतिनिधिलाई बदनाम गर्ने, अफवाह फैलाउने र अतिरञ्जित प्रचार गर्ने शैली हावी भएको बताएका हुन् । साथै उनले काठमाडौंमा बसेर विकास भएन, भष्टाचार भयो भन्ने भन्दै प्रश्न समेत गरेका छन् ।

मुख्यमन्त्री राउतले भने, ‘पछिल्लो समय मधेसका जनप्रतिनिधिलाई टार्जेट गरिएको छ । मिडियाले पनि त्यसलाई हाइलाइट गरिरहेका छन् । विगत २० वर्षमा नभएका विकास हामीले साढे चार वर्षमा गरेका छौं । काठमाडौंमा बसेर विकास भएन, भ्रष्टाचार भयो भन्ने रु तपाईं मधेस प्रदेशका खराब भनिएका गाउँमा घुम्नुस् अनि भन्नुस् । तर संघीयतालाई गाली नगर्नुस् । यहाँका जनप्रतिनिधि राजनीतिक स्वार्थको सिकार भएका हुन् ।’

व्यवस्था बदलिए पनि कार्यशैली नबदलिएकाले जनआकांक्षा अनुसार काम हुन नसकेको पनि उनले बताए ।

प्रकाशित मिति: Mar 6, 2022

प्रतिक्रिया दिनुहोस्