Logo
३१ भाद्र २०८१, सोमबार
(February 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले भने : ‘एमसीसीमा हामीले निकास दियौं, अब गठबन्धन तोडिदैन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी पास भएकाले अब देश निर्वाचनमा गएको बताएका छन्।

उनले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरिएकाले बाध्यतावश लोकतन्त्र रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताएका छन्।

‘पटक पटक देशमा राजनीतिक स्थिरता भएको थियो। गठबन्धन बनेपछि अब त स्थिरता होला भनेको एमसीसी आइदियो’, उनले भने, ‘यो प्रक्रियामा माओवादी केन्द्र र ममाथि जोडियो, मलाई धेरै आरोपित बनाइएको थियो।’

उनले एमसीसीलाई आलोचनाबीच आफूहरुले निकास दिएको पनि बताए। ‘अब हामीले निकास दिएका छौँ । गठबन्धन तोडिएला भनेको अहिलेलाई जोगियो’, उनले भने, ‘गठबन्धन कायम रहन्छ, सरकार अघि बढ्छ भन्ने भएको छ एमसीसी पास भएपछि। अब देश निर्वाचनमा गएको छ।’

साथै प्रचण्डले संसदमा एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासम्बन्धी‘आइडिया’ आफूले नै निकालेको दाबी गरेका छन् ।उनले यसमा केही व्यक्तिले आफूलाई ठुलो आँट र हौसला प्रदान गरेको खुलासा गरेका छन् ।

‘एमसीसीका कारण सम्पूर्ण प्रकृयालाई दुर्घटनामा धकेल्न सकिँदैन । पार्लियामेन्टबाट एउटा प्रस्ताव पारित गरौं भनेर पोहोर नै मैले भनेको कुरामा मेरो दिमाग क्लिक भयो,’ प्रचण्डले भने ।

 

प्रकाशित मिति: Feb 28, 2022

प्रतिक्रिया दिनुहोस्