Logo
१० मंसिर २०८१, सोमबार
(February 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोपियन युनियनले लगायो रुसका उडानहरुमाथि प्रतिबन्ध

सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि युरोपियन युनियनले प्रतिबन्ध लगाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएकी हुन् । उनले रुसका सबै प्रकारका उडानहरूलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत जानकारी दिएकी हुन् ।

उनले भनेकी छन्, ‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरू र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकासमा बन्द गराएका छौँ ।’ रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरु उडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उनले बताएकी हुन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडियोहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ । सिन्ह्वा

प्रकाशित मिति: Feb 28, 2022

प्रतिक्रिया दिनुहोस्