Logo
१० मंसिर २०८१, सोमबार
(February 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुस-युक्रेन युद्ध भीषण बन्दै, २ सय बढी सर्वसाधारण मारिएको दाबी

रुसले युक्रेनमा बिशेष सैन्य अभियान घोषणा गरेको चौथो दिन त्यहाँ युद्ध थप भीषण बनेको छ ।युक्रेनको राजधानी किभसहित तीन वटा शहरमा युद्ध तीव्र बनेको छ ।

रुसी सेनाले राजधानी किभलाई नियन्त्रणमा लिने प्रयास गरीरहेको छ भने युक्रेनले किभको रक्षा गर्न सबै उपाय लगाईरहेको छ । आज युद्धका क्रममा किभमा रहेको तेल डिपोमा विष्फोट हुँदा प्रदुषित धुँवा फैलिएको छ ।

यसैंबीच युद्धका क्रममा २ सय बढी सर्वसाधारण अहिले सम्म मारिएको सँयुक्त राष्ट्रसंघले जनाएको छ ।यस युद्धमा रुसलाई रोक्न पश्चिमा देशहरुले कडा प्रतिवन्ध लगाईरहेका छन् ।

यता अमेरीका, जर्मन, फ्रान्स, अष्ट्रेलिया, जापान, बेलायत लगायतका देशले प्रत्यक्ष सेना नपठाए पनि हतियार र पैसा पठाउन शुरु गरेका छन् ।काला सागरमा अमेरीकी ड्रोनबाट रुसी युद्धपोतमा हमला भएको रुसले जनाएको छ ।

प्रकाशित मिति: Feb 27, 2022

प्रतिक्रिया दिनुहोस्