रुसबिरुद्ध युकेन स्वयंले युद्ध लड्नु पर्ने भन्दै रुसमाथि प्रतिवन्ध लगाउने बाईडेनको घोषणा
अमेरीकी राष्ट्रपति जो बाईडेनले रुसबिरुद्ध युकेन स्वयंले युद्ध लड्नु पर्ने भन्दै रुसमाथि प्रतिवन्ध लगाउने घोषणा गरेका छन् ।
क्रेनलाई जुनसुकै सहयोग गर्ने र रुसले हमला गरे गंभीर परिणाम हुन्छ भन्दै भरोसा दिलाएका अमेरीकी राष्ट्रपति जो बाईडेनले अन्ततः हात उठाएका हुन् ।
रुसी राष्ट्रपतिले युद्धको आदेश दिँदै कुनै पनि हस्तक्षेप गर्न आउने विदेशीलाई खरानी पार्ने चेतावनी दिएका थिए ।अहिले नेटो र अमेरीकाले यस युद्धको निन्दा गर्ने र प्रतिवन्ध लगाउने बाहेक अर्को कदम चाल्न सकेका छैनन् ।
रुसी सेनाले लगभग राजधानी किभलाई घेर्ने तयारी गरेको छ भने त्याहाँको सरकारलाई अपदस्त गरेर अन्तरीम सरकार गठन गर्न सक्ने अनुमान शुरु भएको छ ।