Logo
३१ भाद्र २०८१, सोमबार
(February 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिड मत्थर भएसँगै चर्कियो ब्यापारघाटा

चालू आर्थिक वर्ष २०७८/०७९ को सात महिनामा आयातभन्दा नेपालले गर्ने बाह्य निर्यात वृद्धिदर दोब्बर बढीले वृद्धि भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात वृद्धिदर ४२.७८ प्रतिशत र निर्यात वृद्धिदर ८८.३० प्रतिशत रहेको छ।

यद्यपि निर्यातको तुलनामा आयातको चाप भने धेरै रहेको छ।

चालू आवको साउन–माघ अवधिमा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजारको वस्तु आयात गरेको छ। गत आवको सोही अवधिमा यस्तो आयात ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँ रहेको थियो।

यता यो ७ महिनामा नेपालले १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ। गत आवको यही अवधिमा नेपालले ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको मात्रै निर्यात गरेको थियो।

तथ्यांकअनुसार गत आवको तुलनामा चालू आवमा निर्यात नै ८८.३० प्रतिशतले बढेको देखिएको छ।

उक्त अवधिमा नेपालको व्यापारघाटा समेत ३८.४५ प्रतिशतले बढेको विभागले जनाएको छ। यसअनुसार नेपालको कुल व्यापारघाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रहेको छ। गत आवको यही अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख १२ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै नेपालले सात महिनामा १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत आवको यही अवधिमा नेपालको यस्तो व्यापार ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँ थियो। यो भनेको गत आवभन्दा यो आवमा वैदेशिक व्यापारमा ४६.४३ प्रतिशतले बढी हो।

कुल व्यापारमा निर्यातको हिस्सा १०.२९ रहँदा आयातको हिस्सा ८९.७१ प्रतिशत रहेको छ।

प्रकाशित मिति: Feb 22, 2022

प्रतिक्रिया दिनुहोस्