एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतले एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न दरपिठ गरेको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरिदिएको हो ।
अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएका थिए ।
यसअघि पनि एमसीसीविरुद्ध अधिवक्ता भण्डारीलगायतको रिट दरपीठ भएको थियो ।