स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ ।आज मंगलबार सर्वोच्च अदालतमा स्थानीय तहको निर्वाचनको घोषणाविरुद्ध दर्ता भएको रिटमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएको थियो ।
महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ।सर्वोच्च अदालत प्रशासनले सुरुमा उनको रिट दर्ता गर्न अस्वीकार ९दरपीठ० गरेको थियो ।
पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको हो ।०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । तर, यो पटक ७५३ वटै स्थानीय तहको निर्वाचन एक पटक गर्न लागिएको हो ।